नेपाल प्रहरीका ७७ असई सईमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका ७७ जना प्रहरी सहायक निरीक्षक (असई) नायव निरीक्षक (सई) पदमा बढुवा सिफारिस भएका छन्।

बुधबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहअन्तर्गतका असईहरुलाई सईमा बढुवा गर्ने निर्णय गर्दै सिफारिस सूची सार्वजनिक गरेको हो। प्रहरी प्रधान कार्यालयका अनुसार यो सिफारिस प्रहरी नियमावली २०७१ को नियम २७ को उपनियम ४ बमोजिम गरिएको हो।

सिफारिस सूचिमा समावेश प्रहरी अधिकारीहरू देशका विभिन्न जिल्लामा कार्यरत छन्। उनीहरूले विगतमा देखाएको सेवा, दक्षता, कार्यसम्पादन मूल्यांकन र वरिष्ठताका आधारमा बढुवाका लागि सिफारिस पाएका हुन्।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय