सुनसरीमा छोराकै छुरा प्रहारबाट बुबाको मृत्यु

सुनसरी । सुनसरीको देवानगन्ज गाउँपालिका–२ मा छोराकै छुरा प्रहारबाट एक बुबाको मृत्यु भएको छ। आज बिहान घरायसी जग्गासम्बन्धी विवादका क्रममा ६० वर्षीय सचिव अन्सारीलाई उनका छोरा मोहम्मद रियाज अन्सारीले छाती र ढाडमा छुरा प्रहार गरेका थिए।

गम्भीर घाइते भएका अन्सारीलाई तत्काल विराटनगरस्थित गोल्डेन अस्पताल पुर्‍याइएको भए पनि उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले जानकारी दिए।

घटनापछि छुरा प्रहार गर्ने मोहम्मदलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय