अध्यक्ष शाहको मनपरी : अस्पतालको सरकारी गाडीको चरम दुरुपयाेग

सर्लाही । प्रादेशिक अस्पताल मलङ्वाका व्यवस्थापन समितिका अध्यक्ष सतिश कुमार शाहले सरकारी गाडी (प्रदेश-२-०२-००१झ ०१७९) लाई निजी मौजमस्ती तथा निजि कार्यका लागि प्रयोग गरेको आरोप लागेको छ ।
अस्पताल स्रोतका अनुसार शाह दिनभरि रक्सी सेवन गरेर आफ्नै तालमा रहने गरेका छन् । उनले श्रीमतीको उपचारको लागि तथा घरायसि /निजि कार्यका लागि सरकारी गाडी मनपरी तरिकाले प्रयोग गरिरहेको तथ्य बाहिरिएको छ । गाडीको तेल समेत अस्पतालको नाममा प्रयोग गरिएको आरोप छ ।

त्यसैगरी, प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) संजिव सिंह नियमित रूपमा कार्यालय नआउँदा अस्पतालको कार्यसम्पादन प्रभावित भएको बताइएको छ । मेसु अनुपस्थित रहँदा अध्यक्ष शाहले अस्पतालको स्रोतलाई निजी फाइदाका लागि प्रयोग गरेको स्रोतको दाबी छ।

स्थानीयवासीहरूले सार्वजनिक सम्पत्तिको यसरी गैरजिम्मेवार दुरुपयोग हुनु अस्वीकार्य भएको भन्दै तत्काल छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय