हरिवनका इन्स्पेक्टर तामाङ हेडक्वाटर तानिए, चन्द्र अधिकारी नयाँ प्रमुख

सर्लाही । इलाका प्रहरी कार्यालय हरिवनका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) किशोर तामाङलाई प्रहरी प्रधान कार्यालय काठमाडौं (हेडक्वाटर) तानिएको छ । विभिन्न गुनासो तथा उजुरी परेपछि उनलाई हेडक्वाटरले झिकाएको प्रहरी स्रोतले जनाएको छ ।

तामाङले २०८१ साल भदौ महिनादेखि इलाका प्रहरी कार्यालय हरिवनको प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

यसैबीच, हेडक्वाटरले इलाका प्रहरी कार्यालय हरिवनको प्रमुखमा प्रहरी वृत्त बौद्धबाट इन्स्पेक्टर चन्द्र अधिकारीलाई काज सरुवा गरेको छ । जिल्ला प्रहरी कार्यालयको स्रोतका अनुसार अधिकारी सोमबार नै हरिवन पुग्ने तयारीमा छन् ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय