मधेशका पूर्वप्रमुख राजेश झा (अहिराज) बलात्कार आरोपमा पक्राउ

काठमाडौ । मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) बलात्कारको आरोपमा पक्राउ परेका छन्। काठमाडौं जिल्ला अदालतको आदेशअनुसार जिल्ला प्रहरी परिसर, काठमाडौंले उनलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपील राज बोहराले झालाई पक्राउ गरी अनुसन्धानका लागि अदालतबाट पाँच दिनको म्याद थप गरिएको जानकारी दिएका छन्।
‘अदालतको आदेशपछि हामीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइरहेका छौं,’ बोहराले नागरिक न्युजसँग भने।

प्रहरीका अनुसार पीडितको जाहेरीका आधारमा अदालतले गत चैत २५ गते नै झाविरुद्ध पक्राउ आदेश जारी गरेको थियो। त्यसयता प्रहरीले उनको खोजी गरिरहेको थियो।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय