तस्करीमा मोलमोलाइ गरेका सई बैद्यनाथ दास निलम्बित

सर्लाही । तस्करीसँग मोलमोलाइ गरेको अडियो सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय हिरापुरका इन्चार्ज प्रहरी नायब निरीक्षक (सइ) बैद्यनाथ दासलाई निलम्बन गरिएको छ ।

आठ महिनादेखि हिरापुरमा इन्चार्जका रूपमा कार्यरत दासलाई आज बिहानै जिम्मेवारीमुक्त गर्दै इलाका प्रहरी कार्यालय बरहथवामा झिकाइएको सर्लाही प्रहरीले जानकारी दिएको छ ।

सार्वजनिक अडियोमा सइ दासले एक जना तस्करसँग तस्करी कार्यमा सघाउनका लागि १८ हजार रुपैयाँ माग गरेको स्पष्ट सुन्न सकिन्छ । अडियो सार्वजनिक भएपछि प्रहरी प्रशासनले तत्काल कदम चालेको हो ।

दासलाई हटाएसँगै हिरापुर इलाका प्रहरी कार्यालयमा नयाँ प्रहरी नायब निरीक्षक पठाउने तयारी भइरहेको डिएसपी सरोज राईले बताए । उनका अनुसार, अडियो प्रकरणबारे थप अनुसन्धान भइरहेको छ ।

सइ दास यसअघि पर्सा जिल्लामा कार्यरत रहँदा पनि यस्तै प्रकरणमा निलम्बनमा परेको तथ्य सार्वजनिक भएको छ । लगातार यस्ता घटना दोहोरिनु प्रहरी संगठनको छविमा गम्भीर प्रश्न खडा भएको छ ।

तस्करी प्रकरणमा मोलमोलाइ गरेको अडियो नेपालफेस डटकमले सबैभन्दा पहिले सार्वजनिक गरेको हो । सो समाचार सार्वजनिक भएलगत्तै प्रहरी प्रशासन दबाबमा आएको र तत्काल कारबाही गर्नुपरेको स्रोतहरूले जनाएका छन् ।
नेपालफेसको रिपोर्टपछि नै दासलाई जिम्मेवारीमुक्त गर्दै निलम्बन गरिएको हो ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय