धानको भुस लोड गर्ने क्रममा करेन्ट, एक जनाको मृत्यु, दुई गम्भीर घाइते

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–१ लखनदेही पुल नजिक ट्रकमा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

आज बिहान करिब पौने ७ बजे रौतहटबाट लालबन्दीस्थित न्युँ माँ राजदेवी राइस मिलमा धानको भुस लिन आएको ना ६ ख ७५५० नम्बरको ट्रकमा भुस लोड गर्ने क्रममा ११ हजार भोल्टको तारमा छोइएपछि दुर्घटना भएको हो ।

करेन्ट लागेर रौतहटको बृन्दावन नगरपालिका–७ का ३० वर्षीय सहचालक दिनेश पासवानको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

उक्त घटनामा २५ वर्षीय कुन्दन पासवान र ४० वर्षीय जागेश्वर पासवान गम्भीर घाइते भएका छन्। घाइतेहरूलाई उद्धार गरी नमुना अस्पताल हरिवन पठाइएको प्रहरीको भनाइ छ ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय