सिरहा : सिरहाको कल्याणपुर नगरपालिकाका प्रमुख राम पुकार साह एक लाख रुपैयाँ घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित कार्यालयबाट खटिएको टोलीले बुधबार दिउँसो उनलाई नगरपालिका कार्यालयबाटै नियन्त्रणमा लिएको हो ।
सूचनाका अनुसार, साहले एक उपभोक्ता समितिबाट अन्तिम भुक्तानी प्रक्रिया अगाडि बढाउनका लागि घुस मागेका थिए। सोही क्रममा आयोगले योजना अनुसार निगरानी राखी उनलाई घुस रकमसहित समातेको बताइएको छ ।
पक्राउ परेपछि अख्तियारले थप अनुसन्धान अघि बढाएको जनाएको छ । भ्रष्टाचार नियन्त्रणका लागि आयोगको सक्रियता पछिल्ला दिनमा तीव्र बन्दै गएको छ ।



