पूर्वमन्त्री बद्री न्यौपानेको भ्रष्टाचार मुद्दा सर्वोच्चमा, आज सुनुवाइ हुने

काठमाडौं— पूर्वमन्त्री बद्री न्यौपानेसहित अन्य विरुद्धको चर्चित भ्रष्टाचार मुद्दामा आज शुक्रबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश बालकृष्ण ढकालको संयुक्त इजलासमा पेसी तोकिएको हो।

न्यौपानेलाई विशेष अदालतले यसअघि दोषी ठहर गर्दै ९ वर्ष कैद, दुई करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ जरिवाना र सोही बराबरको बिगो असुल गर्ने फैसला गरिसकेको छ।

महिला, बालबालिका तथा समाज कल्याणमन्त्री रहँदा न्यौपानेले भृकुटीमण्डपस्थित फन पार्क सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको थियो।

न्यौपानेसँगै कांग्रेसका पूर्वमन्त्री टेकबहादुर गुरुङ, समाज कल्याण परिषदका तत्कालीन उपाध्यक्ष प्रमोद मेहता, कोषाध्यक्ष कुञ्जबिहारीप्रसाद चौधरीसहितका विरुद्ध पनि मुद्दा परेको छ।

विशेष अदालतको फैसलापछि दुबै पक्ष असन्तुष्ट हुँदै सर्वोच्च अदालत पुगेका हुन्। आज सर्वोच्चले पहिलो पटक मुद्दा सुन्न लागेको हो।

 

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय