वृद्धको झोलाबाट ३ लाख चोरी गर्ने भारतीय महिला गिरोह विराटनगरमा पक्राउ

विराटनगर — सार्वजनिक सवारीसाधनमा वृद्ध तथा असहाय यात्रुहरूलाई लक्ष्य बनाई चोरी गर्दै आएको एक भारतीय महिला समूह विराटनगरमा पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले कटहरी गाउँपालिका–१, बुधहाटबाट बिहीबार ती महिलाहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा भारतको बिहार राज्यको पूर्णिया जिल्लाबाट आएका २४ वर्षीया प्रियंका धामी, २५ वर्षीया बिहोला धामी र २० वर्षीया अटकारी धामी रहेका छन् ।
तीनै जना सिटी सफारी चढेर विराटनगरबाट कटहरीतर्फ गइरहेका बेला शंकास्पद गतिविधि देखिएपछि प्रहरीले चेकजाँच गर्दा उनीहरूको साथबाट तीन लाख रुपैयाँ नगद बरामद गरिएको हो ।

प्रहरी अनुसन्धानमा ती महिलाहरूले कटहरी–४ का ७० वर्षीय नारायणप्रसाद काफ्लेको झोलाबाट उक्त रकम चोरी गरेको स्वीकार गरेका छन् । काफ्ले उपचारपछि घर फर्कंदै गर्दा सार्वजनिक सवारीमा यात्रा गरिरहेका थिए ।

प्रहरीले जिल्ला अदालत मोरङबाट म्याद लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ ।
सवारीमा यात्रा गर्ने बेला सर्वसाधारणलाई सजग रहन पनि प्रहरीले अनुरोध गरेको छ ।

 

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय