इरानको मिसाइल आक्रमण: कतार र इराकका अमेरिकी बेसमा हमला, हवाई सेवा अस्थायी रूपमा बन्द

तेहरान । अमेरिकी आक्रमणको जवाफमा इरानले सोमबार राति कतार र इराकमा रहेका अमेरिकी सैन्य अखडाहरूमा मिसाइल आक्रमण गरेको छ। इरानी मिडियाले यो कदमलाई “शक्तिशाली र विजयी प्रतिआक्रमण” भनी वर्णन गरेका छन्।

इरानी समाचार संस्था तास्निमका अनुसार, इरानको क्रान्तिकारी सुरक्षा बलले यी दुई मुलुकमा रहेको अमेरिकी सैन्य संरचनाहरूलाई लक्षित गर्दै मिसाइल प्रहार गरेको हो। कतारको राजधानी दोहामा विस्फोटका ठूला आवाजहरू सुन्निएको पुष्टि गरिएको छ।

युद्धको सम्भावित फैलावटसँगै कतारले सतर्कता अपनाउँदै आफ्ना सम्पूर्ण हवाई उडानहरू अस्थायीरूपमा बन्द गरेको घोषणा गरेको छ। कतारको विदेश मन्त्रालयले नागरिक तथा पर्यटकको सुरक्षालाई ध्यानमा राखी यस्तो निर्णय लिएको जनाएको छ।

अमेरिकी प्रसारक एबीसीन्यूजका अनुसार, एक उच्च अमेरिकी रक्षा अधिकारीले भने, “खतरा साँच्चिकै वास्तविक भएको पुष्टि भए मात्र हामी हवाई क्षेत्र बन्द गर्नेछौं।”

इरान र इजरेलबीचको तनावपूर्ण अवस्था र यसमा अमेरिकी संलग्नताका कारण खाडी क्षेत्रको सुरक्षा स्थिति झनै संवेदनशील बन्दै गएको देखिएको छ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय