रामनगर गाउँपालिकाको ४१ करोडको बजेट सार्वजनिक, पूर्वाधार र सामाजिक क्षेत्र प्राथमिकतामा

अरोज यादव । असार ९, सर्लाही । सर्लाहीको रामनगर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ४१ करोड ३४ लाख ९० हजार ७७६ रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

सोमबार सम्पन्न गाउँसभामा नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गर्दै गाउँपालिकाले ‘विकास, समावेशिता र सुशासन’ लाई मुख्य नाराका रूपमा अघि सारेको छ।

गाउँपालिकाले कृषि, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, पर्यटन प्रवर्द्धन र युवा सशक्तिकरणलाई प्राथमिकता दिएको छ। प्रस्तुत बजेटको एक उल्लेखनीय हिस्सा ग्रामिण सडक विस्तार, खानेपानी योजना, महिला उद्यमशिलता प्रवर्द्धन तथा बालबालिकामैत्री कार्यक्रमहरूमा केन्द्रित गरिएको जनाइएको छ।

स्थानीय स्रोतसाधनको अधिकतम उपयोग गर्दै पारदर्शिता र उत्तरदायित्वको नयाँ अभ्यास गर्ने संकल्प गाउँपालिकाले लिएको छ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय