सर्लाही । नेपाली सेना कालिध्वज गण, सर्लाहीको अनुरोधमा ट्राफिक नियम तथा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी जानकारीमूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, नवलपुर सर्लाहीका कार्यालय प्रमुख प्रहरी निरीक्षक रजोश घिमिरेले उक्त प्रशिक्षण प्रदान गरेका हुन्। उनले गणमा कार्यरत ७० जना सकलदर्जाका कर्मचारीहरूलाई ट्राफिक नियम, सुरक्षित सडक प्रयोग, Road Safety Measures तथा सवारी दुर्घटना न्यूनीकरणका लागि ध्यान दिनुपर्ने महत्वपूर्ण पक्षहरूबारे विस्तृत जानकारी दिएका थिए।
कार्यक्रममा गणका गणपति प्रमुख सेनानी गोविन्द बिष्ट, सेनानी श्याम बहादुर महत लगायत अन्य वरिष्ठ कर्मचारीहरूको उपस्थिति रहेको थियो।
यो प्रशिक्षण कार्यक्रमले सैनिक कर्मचारीहरूमा ट्राफिक नियमप्रति सचेतना अभिवृद्धि गर्नुका साथै सडक सुरक्षाको क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।



