छुट पाउने आशामा रहेका रवि र छविलाललाई सर्वोच्चको झट्का

काठमाडौ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने र उनका व्यवसायिक साझेदार छविलाल बन्जाडेलाई थुनामै राख्ने आदेश सर्वोच्च अदालतले सदर गरेको छ। अदालतले जिल्ला तथा उच्च अदालतका आदेशलाई यथावत् राख्दै थुनामुक्तिका लागि दुवै जनाले दर्ता गराएको निवेदन खारेज गरिदिएको हो।

न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा तीन दिनसम्म चलेको सुनुवाइपछि शुक्रबार यो निर्णय सुनाइएको हो। मंगलबार र बिहीबारको बहसपछि शुक्रबार पुनः सुनुवाइ हुँदै अन्तिम फैसला सुनाइएको हो।

रविको तर्फबाट मंगलबार र बिहीबार उनका कानुन व्यवसायीले बहस गरेका थिए भने छविलालका कानुन व्यवसायीले बिहीबार बहस गरेका थिए। सोही दिन सरकारी वकिलले समेत आफ्नो तर्क पेस गरेका थिए। शुक्रबार जाहेरवालाको तर्फबाट वरिष्ठ अधिवक्ताहरू दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारीले बहस गरेपछि रविका तर्फबाट वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्तले जवाफी बहस प्रस्तुत गरेका थिए।

पहिला रुपन्देही जिल्ला अदालतले रविलाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो भने छविलाई थुनामै राख्ने निर्णय गरेको थियो। तर, उच्च अदालत बुटवलले रविलाई समेत थुनामा पठाउने आदेश जारी गरेपछि उनीहरू दुबैजना कारागारमै थिए। सर्वोच्चको निर्णयले अब उनीहरूलाई थुनामै राखिने पक्का भएको छ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय