बिहीवार गोरखकाली तर्फबाट मलंगवा आउँदै गरेको BR 06 AE 9668 नम्बरको कारले मलंगवा नगरपालिका –३ निवासी हसिना खातुनलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएकी खातुनलाई उपचारका लागि प्रादेशिक अस्पताल, मलंगवा लगिएको थियो । तर, उपचारको क्रममा करिब ४ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
दुर्घटनामा संलग्न कार र चालक मलंगवा नगरपालिका–८ निवासी ३० वर्षीय अमित गुप्ता लाई जिल्ला प्रहरी कार्यालय सर्लाहीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
घटनापछि प्रहरी नायब निरीक्षकको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो । दुर्घटना स्थल कार्यालयबाट करिब २ किलोमिटर उत्तर–पूर्वतर्फ पर्छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



