सर्लाहीको डुमरियामा पुराना भारतीय चाँदीका सिक्का भेटिँदा स्थानीय उत्साहित, खजाना भएको दाबी

सर्लाही : सर्लाहीको हरिपुर्वा नगरपालिका वडा नं. ३ (धनकौल) र वडा नं. ४ (डुमरिया)को सीमास्थित कलावति देवी स्थान नजिकैको आँप फुलबारी छेउमा ऐतिहासिक घटनाले सबैलाई चकित पारेको छ।

स्थानीय सुरेश रायका अनुसार, हालैको एक घटनामा एउटा बैलगाडा हिलोमा फसेपछि टायरमा केही चाँदीका सिक्का टाँसिएर आएको देखियो। यो देख्ने बित्तिकै आसपासका बासिन्दाहरूले हिलो खोतल्न थाले र त्यसक्रममा १०, २०, ४०, २, ४ वटा गर्दै गरी ५०० भन्दा बढी पुराना भारतीय चाँदीका सिक्काहरू फेला परेको बताइएको छ।

प्राप्त जानकारी अनुसार भेटिएका सिक्काहरू झण्डै ११८ वर्ष पुराना भएको अनुमान गरिएको छ। स्थानीयहरूले उक्त स्थानको हिलोमुनि अझै पनि थप सिक्का हुन सक्ने आशंका व्यक्त गर्दै त्यसलाई खजाना भएको दाबीसमेत गरेका छन्।

हालसम्म सरकारी निकाय वा सुरक्षाकर्मीहरू घटनास्थलमा पुगेको जानकारी छैन। यता, स्थानियहरूमाझ उक्त खजाना कसको हो भन्ने विषयमा चासो बढ्दो छ भने इतिहासविद्हरूका लागि पनि यो एउटा महत्वपूर्ण अनुसन्धानको विषय बन्न सक्छ।

घटनाले सर्लाहीमा निकै चर्चा पाएको छ र स्थानीय प्रशासनले छानबिन सुरु गर्ने तयारी गरिरहेको जनाइएको छ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय