राैतहट — रौतहट जिल्लाको कटहरिया नगरपालिका–२, जमुनिया टोलमा दिउँसोको उज्यालोमै खुलेआम जुवा खेल्ने क्रम जारी रहेको खुलासा भएको छ । स्कुलको उत्तरपट्टी बाँसघारीको छेउमा जुवा (कौडा) खेलाइने यस स्थानमा सुरक्षा निकायकै सहयोगमा अवैध गतिविधि संचालन भइरहेको स्थानवासीको भनाइ छ ।
जुवाडेहरूले खुलासा गरेअनुसार इलाका प्रहरी कार्यालय कटहरिया र सशस्त्र प्रहरी बेस जगलसैयामा कार्यरत सुरक्षाकर्मीहरूलाई जुवा खेल्ने अनुमतिका रूपमा दैनिक रूपमा रकम बुझाउने गरिन्छ । स्रोतका अनुसार, नेपाल प्रहरीलाई दैनिक ६० हजार रुपैयाँ र सशस्त्र प्रहरीलाई ३० हजार रुपैयाँसम्मको चन्दा बुझाइने गरेको छ ।
उक्त प्रहरी चाैकीमा सई भविन्द्र राज पाण्डे प्रमुखको रूपमा कार्यरत छन् । स्थानीय स्रोतका अनुसार, अवैध कार्यमा संलग्नहरूलाई कारबाही गर्नुको सट्टा सुरक्षा निकायले आर्थिक लाभ उठाइरहेका छन् ।



