५६ करोडको अनियमितता प्रकरणमा अख्तियारको चोट : बागमतीका पूर्वमेयर र पूर्वमन्त्रीसहित ८ जनाविरुद्ध चौथोपटक मुद्दा

सर्लाही — सर्लाहीको बागमती नगरपालिकाका पूर्वमेयर भरत थापा, मधेश प्रदेशका पूर्वअर्थमन्त्री विजय यादवसहित आठ जना उच्चपदस्थविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुनः भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले माछापोखरी निर्माणको नाममा सरकारी रकम दुरुपयोग गरी ५६ करोड ७१ लाख रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै उनीहरूमाथि चौथोपटक मुद्दा हालेको हो।

२०७८ देखि २०८१ सम्म पटक–पटक तीनवटा मुद्दा दर्ता भइसकेकोमा हालै सर्लाही जिल्ला अदालतमा चौथो मुद्दा दर्ता गरिएको हो। अभियोगपत्र अनुसार, बागमती नगरपालिका–४ र १२ मा योजना पास गर्न मिलेमतो गरी अनियमितता गरिएको थियो।

मुद्दामा थापा, यादवसँगै तत्कालीन उपप्रमुख लिलाकुमारी मोक्तान, प्रशासकीय अधिकृत विमल पोखरेल, योजना प्रमुख निरञ्जन लामिछाने, लेखा अधिकृत विश्वास पोखरेल, इन्जिनियर सागर पौडेल र कानुन अधिकृत गोकुल भुजेल प्रतिवादी बनाइएको छ।

अख्तियारले सबैबाट ५६ करोड ७० लाख रुपैयाँ बिगो मागदाबी गरेको छ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय