सर्लाही — सर्लाहीको लालबन्दी नगरपालिका–६ स्थित एक होटलमा काम गर्दै आएकी एक युवती बिहीबार मृत फेला परेकी छन्।
पूर्व–पश्चिम राजमार्गसँग जोडिएको गोर्खा होटलमा कार्यरत अन्दाजी १८ वर्षीया अनिसा वाइवाको शव होटलको चौथो तलामा झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ।
लालबन्दीकै नारायणखोला घर भएकी वाइवा सो होटलमा कुकको काम गर्दै आएकी थिइन्। घटनास्थलमा नाइलनको डोरी प्रयोग गरिएको देखिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार शवको मुचुल्का तयार गरी पोस्टमार्टमका लागि तयारी भइरहेको छ भने घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको छ।



