७२ लाखको भन्सार छलि : परालमुनि लुकाइएको कपडा र पार्टपुर्जा सहित ट्रक नियन्त्रणमा

काठमाडौँ — भन्सार छलि गरी ओसारपसार गरिएका लाखौं मूल्य बराबरका कपडा र धाराको पार्टपुर्जा लोड गरिएको ट्रक भक्तपुरको जगातीमा नियन्त्रणमा लिएको छ।

साँगाबाट काठमाडौंतर्फ आइरहेको बा. ४ ख. ७६० नम्बरको ट्रक जाँच गर्ने क्रममा परालमुनि लुकाइएका चोरी पैठारीका सामान फेला परेको जिल्ला प्रहरी परिसर, भक्तपुरले जनाएको छ।

प्रहरीका अनुसार ट्रकबाट कुर्ता–सुरुवाल ३८८७ थान, पाइन्टको कपडा ३२ रोल, सर्ट ३५६ पिस, सर्टको कपडा २८० रोल, ब्लाउज १८७५ पिस, पर्दाको कपडा ९९ रोल, साडी १५९ पिस र धाराको पार्टपुर्जा ३९८ पिस बरामद गरिएको छ।

ट्रक चालक दोलखाको कालिन्चोक गाउँपालिका–२ का ४७ वर्षीय लक्ष्मण थामीलाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा जाँच गर्दा सो सामान फेला परेको प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिए।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय