सर्लाहीको किसनपुरमा श्लेष बाबाको मूर्ति निर्माण सुरु, ५ लाखको लागतमा बन्ने योजना

सर्लाही : सर्लाही जिल्लाको चन्द्रनगर गाउँपालिका–१, किसनपुरस्थित बरगजवाटोलमा श्लेष बाबाको मूर्ति निर्माण कार्य औपचारिक रूपमा सुरु गरिएको छ। शिलान्यास कार्यक्रम आज सम्पन्न भएको हो, जसमा पूर्व प्रतिनिधिसभा सदस्य तथा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य प्रमोद साह प्रमुख अतिथि थिए। शिलान्यासपछि उहाँले मूर्ति निर्माणका लागि नगद ११ हजार रुपैयाँ सहयोग गर्नुभएको छ।

शिलान्यास कार्यक्रममा बोल्दै वडा अध्यक्ष रामेश्वर महतोले मन्दिरको संरक्षणका लागि कम्पाउण्ड वाल निर्माण गरिदिने घोषणा गर्नुभयो।

जय श्लेष बाबा संरक्षण समितिको अगुवाइमा वडा नं १ भरिका स्थानीयवासीहरूसँग चन्दा संकलन गर्दै मूर्ति निर्माणको काम अघि बढाइएको छ। समितिका अध्यक्ष दरोगा पासवानका अनुसार मूर्ति निर्माणका लागि हालसम्म पासवान समुदायबाट ६० हजार रुपैयाँ संकलन भइसकेको छ। समितिले कुल ५ लाख रुपैयाँको लागतमा मूर्ति निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ।

हालसम्म सरकारी निकायबाट मूर्तिका लागि कुनै सहयोग नआएकाले पासवान लगायत अन्य समुदायबाट पनि सहयोग संकलन गरिएको अध्यक्ष पासवानले जानकारी दिनुभयो।

शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष राजकुमार महतो, जग्गादाता लखिन्द्र मुखिया, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि सोनेलाल साह, राप्रपाका जिल्ला अध्यक्ष सत्यनारायण राय, समाजवादी पार्टीका नेता भरत साहसहित स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय