वडा अध्यक्षको बेवास्ता : चक्रघट्टा–२ स्वास्थ्य चौकीमा औषधि अभाव, बिरामी रित्तो फर्कन बाध्य

सर्लाही — सर्लाहीको चक्रघट्टा गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष डाक्टर बिनोद यादवको नियमित अनुपस्थिति र बेवास्ताले वडामा सेवा प्रवाह प्रभावित हुन थालेको छ । वडा कार्यालयमा समयमै उपस्थित नहुनुका साथै स्थानीय स्वास्थ्य चौकीको समस्याप्रति पनि अध्यक्ष यादवले कुनै चासो नदेखाएको गुनासो स्थानीयहरूले गरेका छन् ।

स्वास्थ्य चौकीमा आवश्यक औषधिहरूको अभावका कारण बिरामीहरू उपचार नपाई रित्तै फर्कन बाध्य हुने अवस्था सिर्जना भएको छ । “औषधि नहुँदा बिरामीले उपचार नपाएर घर फर्कनुपर्छ, तर वडाध्यक्षले केही चासो दिएका छैनन्,” स्थानिय युवा दिनेश यादवले आक्रोश व्यक्त गरे ।

यसअघि पनि वडामा नागरिकता, सिफारिस, जन्मदर्ता, वृद्धभत्ता लगायतका सेवाहरूमा ढिलाइ हुँदा सेवाग्राहीहरू मारमा परेका थिए। अहिले स्वास्थ्य सेवासमेत प्रभावित हुँदा स्थानीय जनतामा झनै निराशा बढेको छ ।

स्थानीयवासीहरूले वडा अध्यक्षलाई जिम्मेवार ढंगले कार्य सम्पादन गर्न आग्रह गरेका छन् भने समस्याको समाधानका लागि गाउँपालिका र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय