भिसा म्याद सकिएका बंगलादेशी धर्मगुरू सप्तरीको मस्जिदमा, निगरानीमा राज्यको कमजोरी?

सप्तरी : भारत–पाकिस्तानबीचको तनावपूर्ण परिस्थितिका बीच, ६ जना बंगलादेशी नागरिक सप्तरी जिल्लाको एक मस्जिदमा भेटिएका छन्। हनुमाननगर कंकालनी नगरपालिका–३ स्थित रहमानीया जामे मस्जिदमा उनीहरू धर्म प्रचारको उद्देश्यले पुगेका हुन्।

ढाकाबाट काठमाडौं हुँदै मोरङ र सुनसरी पार गर्दै उनीहरू सप्तरी आइपुगेका थिए। उनीहरू ४ महिनाको अराइभल भिसामा नेपाल आएका थिए, तर उनीहरूको भिसा म्याद गत मार्चमा समाप्त भइसकेको थियो। पछि बिराटनगरस्थित अध्यागमन कार्यालयले उनीहरूको बसाइको अवधि २०२५ को जुनसम्म थप गरेको देखिन्छ।

यता, मधेस क्षेत्रका जिल्लाहरूमा पछिल्लो समय धर्म परिवर्तनका गतिविधिहरू तीव्र बन्दै गएका छन्, जसलाई नियन्त्रण गर्न राज्यको कमजोरी देखिएको छ। मस्जिदका सेक्रेटरी सरिफ रहमानले भने बंगलादेशी जमाती धर्मगुरूहरू नियमित कार्यक्रम अन्तर्गत नै आएका हुन् भन्ने स्पष्टीकरण दिएका छन्।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय