विवादास्पद सरुवापछि महोत्तरीका सिडिओ कवारी मन्त्रालय तानिए, रिसाल नयाँ सिडिओ

महोत्तरी : महोत्तरीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) लालबाबु कवारीलाई गृह मन्त्रालयले फिर्ता बोलाएको छ । मन्त्रालयले उनको स्थानमा सहसचिव नारायण रिसाललाई महोत्तरी पठाएको छ ।

कवारी यसअघि सिराहामा कार्यरत रहँदा पनि विवादमा तानिएका थिए । गत १४ कात्तिकमा कार्यविधिविपरीत आफ्नै गृह जिल्ला महोत्तरीमा सरुवा गरिएको उनको नियुक्ति सुरु देखिनै आलोचना र गुनासोको केन्द्र बनेको थियो । बढ्दो असन्तुष्टि र गुनासोका कारण गृह मन्त्रालयले अन्ततः उनलाई हटाएको स्रोत बताउँछ ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय