सर्लाहीमा हतियारसहित युवक पक्राउ

सर्लाही – सर्लाहीको पर्सा गाउँपालिका–२ मा हतियारसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार साँझ रबि होटल नजिक एक युवक हतियार सहित बसेको जानकारी पाएपछि प्रहरी चौकी नारायणपुरबाट प्रहरी नायब निरीक्षक किशोरी यादवको नेतृत्वमा टोली खटिएको थियो । सोही टोलीले युवक दीपक साहलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार दीपक साहको साथबाट एक थान सानो कटुवा पेस्तोल र सोही हतियारको एक थान गोली बरामद गरिएको छ । उनी पर्सा गाउँपालिका–२ निवासी २३ वर्षीय राजदेव साहका छोरा हुन् ।

पक्राउ परेका साहलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाही पठाइएको छ । पक्राउ गरिएको स्थान नारायणपुर प्रहरी चौकीदेखि करिब ३.५ किलोमिटर उत्तर–पूर्वतर्फ पर्छ ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय