सरुवामा चलखेल, प्रहरीका सातै प्रदेश निमित्तको भरमा

काठमाडौं । सरुवामा चलखेल हुँदा नेपाल प्रहरीका सातै प्रदेश नेतृत्वविहिन बनेको छ । गृहमन्त्री रमेश लेखकले सरुवा रोकेर अस्वस्थ प्रतिस्पर्धा बढाएको आरोप लागेको छ ।
प्रहरीका तीन प्रदेश त रिक्त भएको डेढ महिना भइसकेको छ । गण्डकी, सुदुरपश्चिम र कर्णाली ४ चैतदेखि नै रिक्त छ। अन्य चार प्रदेशमा कार्यरत डीआईजीहरु पनि एआईजीमा बढुवा भएपछि एक सातादेखि रिक्त छन् । तर, गृह मन्त्रालयले सरुवा निकाल्न सकेको छैन ।
सात प्रदेशका लागि १० डीआईजीबीच प्रतिस्पर्धा छ । सबै डीआईजी प्रदेश नै जान शक्तिकेन्द्रमार्फत दबाब दिइरहेका छन् । कोशी, मधेस र लुम्बिनीका लागि तिव्र प्रतिस्पर्धा छ । यी प्रदेशको सरुवाका लागि आर्थिक चलखेल समेत भएकाले सरुवामा ढिलाई भइरहेको स्रोत बताउँछ ।प्रदेशका दाबेदार डीआईजीहरुमा सिद्धिबिक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, डम्बर बिक, हिमालय श्रेष्ठ, दिनेश आचार्य, ईश्वर कार्की, अरुण पौडेल, राजेन्द्र भट्ट र गोविन्द थपलिया छन् ।
प्रहरी महानिरीक्षक र गृहमन्त्रीबीच सरुवाबारे बारम्बार छलफल हुँदा पनि सहमति हुन सकेको छैन । स्रोतका अनुसार सात जनालाई प्रदेश र बाँकी तीनलाई भरतपुर तालिम केन्द्र, उपत्यका ट्राफिक र अन्तर्राष्ट्रिय विमानस्थलमा खटाउनेबारे समेत छलफल भइरहेको छ ।हाल ती कार्यालयमा एसएसपीलाई प्रमुख बनाइएको छ । ट्राफिकका बिनोद घिमिरे, भरतपुर शिक्षालयका भूपेन्द्र खत्री तथा विमानस्थलका सोमेन्द्रसिंह राठौर डीआईजी बढुवाको लाइनमा छन् । ती कार्यालयमा विगतमा डीआईजी नै खटाइँदै आइएको थियो । अनलाइन नेपाल

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय