पारिवारिक नाचमा खेलौनाको फायर: डा. बबी सिंहले सार्वजनिक भिडियोप्रति आपत्ति जनाइन्

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय नेता डा. बबी सिंह यादवले सामाजिक सञ्जालमा भाइरल बनेको आफ्नाे नृत्य भिडियोको विषयमा प्रतिक्रिया दिँदै त्यसलाई अतिरञ्जित नगर्न सबैलाई आग्रह गरेकी छन्।

भारतको सीमावर्ती सहर सीतामढीमा आयोजित आफन्तको वैवाहिक कार्यक्रममा रमाइलोका क्रममा ‘रेन्जर टोइ’ नामक खेलौनाले गरिएको फायरलाई लिएर सामाजिक सञ्जालमा विभिन्न अडकलबाजी भएपछि उनले प्रेस विज्ञप्ति जारी गरेकी हुन्।

‘एकदमै पारिवारिक र निजी कार्यक्रमका क्रममा भाइबहिनीहरूको आग्रहमा नृत्य गर्ने क्रममा प्रयोग गरिएको खेलौनालाई वास्तविक हतियारझैं प्रस्तुत गर्नु प्रेस आचारसंहिताको उल्लङ्घन हो,’ भन्दै उनले युट्युबमा भिडियो अपलोड गर्ने पत्रकारमाथि पनि आपत्ति जनाएकी छन्।

जिल्ला प्रहरी कार्यालय सप्तरीले यसबारे प्रारम्भिक अनुसन्धान अगाडि बढाइएको जनाएको छ।

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय