सर्लाहीको मलंगवामा ७ किलोभन्दा बढी गाँजासहित एक व्यक्ति पक्राउ

सर्लाही – सर्लाहीको मलंगवा नगरपालिका–९ स्थित नागमनी टोलमा १६ गते दिउँसो नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले लागू औषध गाँजासहित एक व्यक्तिलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार, प्रदेश २–०३–००७ प २५९३ नम्बरको मोटरसाइकलमा आएका बरहथवा नगरपालिका–११ निवासी ३७ वर्षीय राम प्रवेश मुखियालाई चेकजाँच गर्ने क्रममा नियन्त्रणमा लिइएको हो। निजको पिठ्युमा रहेको कालो झोलाको चेकजाँच गर्दा झोलाभित्र लुकाइछिपाइ राखिएको अवस्थामा प्रतिबन्धित लागू औषध गाँजा ७ किलो ४०० ग्राम फेला परेको प्रहरीले जनाएको छ।

बरामद सामग्रीसहित मुखियालाई नियन्त्रणमा लिई सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय