रेशम चौधरी पक्राउ अनधिकृत, न्यायाधीशको क्षेत्राधिकार शाखा अधिकृतद्वारा ‘अपहरण’

काठमाडौँ — नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई सर्वोच्च अदालतको प्रशासनबाट आएको इजलास शैलीको पत्रका आधारमा प्रहरीले पक्राउ गरेको खुलेको छ। सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाका शाखा अधिकृत महिमानसिंह विष्टले पठाएको पत्रमार्फत राष्ट्रपति रामचन्द्र पौडेलको आममाफीसम्बन्धी अघिल्लो निर्णय नै उल्ट्याइएको देखिन्छ।

उक्त पत्रको आधारमा बुधबार चौधरीलाई नेपाल प्रज्ञा प्रतिष्ठान परिसरबाट नियन्त्रणमा लिइएको थियो। चौधरीका अधिवक्ता टेकबहादुर कुँवरले उक्त पत्रलाई ‘गैरकानुनी र गैसंवैधानिक’ भन्दै चौधरीलाई राज्य संयन्त्रको दुरुपयोग गरेर थुनिएको आरोप लगाए।

२०८० जेठ १४ गते राष्ट्रपतिबाट दिइएको आममाफीसम्बन्धी निर्णयमाथि सर्वोच्चमा विचाराधीन रिटका बीच यो कदम आएको हो। सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकता घोषणा हुन लागेका बेला चौधरी पक्राउ परेका हुन्।

प्रहरीले भने सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न चौधरीलाई पक्राउ गरिएको स्पष्ट पारेको छ। उनलाई पक्राउलगत्तै डिल्लीबजार कारागार पठाइएको छ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय