सर्लाहीको विष्णु गाउँपालिकामा जेठाजुबाट बुहारीको हत्या

सर्लाही : सर्लाहीको विष्णु गाउँपालिका–३, मधुवनगोठमा आइतबार बिहान एक महिलाको हत्याको घटना सार्वजनिक भएको छ। ४० वर्षीय साहेब पासवानले आफ्नै बुहारी ३६ वर्षीया रेनुदेवी पासवानलाई धारिलो हतियार प्रयोग गरेर हत्या गरेका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार, साहेब पासवानले बिहान करिब पौने १० बजे रेनुदेवीलाई धारिलो हतियार (फर्सा) प्रहार गरेर ज्यान लिएका थिए। प्रत्यक्षदर्शीका अनुसार, साहेबले रेनुदेवीलाई शरीरका विभिन्न भागमा १५ पटकभन्दा बढी प्रहार गरेका थिए।

शनिबार घरमा झगडा भएपछि साहेबकी पत्नी र छोराछोरी माइतीघर गएका थिए। यसबीच, साहेब लामो समयदेखि भोकै रहेका थिए र आइतबार बिहान खाना माग्न गएर रेनुदेवीसँग विवाद भएपछि उनले आक्रोशित भएर फर्सा प्रयोग गरेका थिए।

घटनापछि तत्कालै प्रहरीले साहेबलाई नियन्त्रणमा लिएको छ । रेनुदेवीको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय