सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–११ हिरापुरबाट करिब २ सय ४४ किलोग्राम अवैध लागूऔषध गाँजासहित सोही नगरपालिका–१ नवलपुर बस्ने २५ वर्षीय सुशिल चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
गएराति इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले मरिनबाट लालबन्दीतर्फ आउँदै गरेको बा।२० च १७८२ नम्बरको बोलेरो गाडीलाई जाँच गर्ने क्रममा धानको भुस्साको बोरा मुनी लुकाई छिपाई ल्याएको उक्त परिमाणको गाँजा फेला पारी चालक चौधरीलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।



