एसईईमा चिट चेकिङको बाहानामा शिक्षकले किशोरीको ‘गोप्य अंग’ छोएको आरोप

धनगढी । माध्यमिक शिक्षा (एसईई) परीक्षाका बेला धनगढीको पञ्चोदय माध्यमिक विद्यालयमा शिक्षकले गोप्य अंग छोएको आरोप लागेको छ ।
परीक्षामा चिट चेकिङको बाहाना बनाएर पञ्चोदय माध्यमिक विद्यालय केन्द्रमा आफूसहित अन्य केटी साथीहरुको गोप्य अंग छोएर यौन दुव्र्यवहार गरेको भन्दै एक किशोरीले उजुरी दिएकी हुन् ।किशोरीले अनलाइनमार्फत प्रहरी प्रधान कार्यालयमा उजुरी गरेकी थिइन् । बुधबार मात्र कैलाली प्रहरीसम्म सो उजुरी आइपुगेको छ । जिल्ला प्रहरी कार्यालयले उक्त उजुरीका सम्बन्धमा अनुसन्धान अघि बढाएको छ ।
विद्यालयका शिक्षक र एसईईका बेला उक्त परीक्षा केन्द्रमा खटिएकाहरुसँग सोधपुछ गर्ने तयारी भइरहेको कैलाली प्रहरीले जनाएको छ । माध्यमिक शिक्षा (एसईई) परीक्षा गत चैत ७ गतेबाट सुरु भएको थियो ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय