सर्लाहीको ओम प्रकाश हर्बल इन्डस्ट्रीजमा भीषण आगलागी, १२ लाख रुपैयाँभन्दा बढीको क्षति

सर्लाही – सर्लाहीको बरहथवा नगरपालिका–१० स्थित कटानीमा रहेको ओम प्रकाश हर्बल इन्डस्ट्रीजमा गए राति अचानक आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति भएको छ ।

आत्मा राम रायको संचालनमा रहेको सो तेल उद्योगमा राति करिब ११:५० बजे भीषण आगो लागेको थियो । आगलागीको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मुर्तियाबाट प्रहरी नायब निरीक्षक उदय कुमार झाको नेतृत्वमा चार सदस्यीय प्रहरी टोली तत्काल घटनास्थलमा पुगेर उद्धार तथा आगो नियन्त्रण कार्यमा जुटेको थियो ।

प्रहरी टोली, स्थानीय बासिन्दा तथा दमकलको संयुक्त प्रयासपछि आगो करिब तीन घण्टापछि बिहान पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको थियो ।

प्रारम्भिक अनुमानअनुसार, आगलागीका कारण उद्योगमा भण्डारण गरिएको तेल उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ तथा अन्य सामग्रीहरू पूर्णरूपमा जलेर करिब १२ लाख ३२ हजार रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ । यद्यपि, घटनामा कुनै मानवीय वा चौपायाको क्षति नभएको प्रहरीको भनाइ छ ।

आगो लाग्नुको कारण हालसम्म खुल्न सकेको छैन भने विस्तृत अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बरहथवाले जानकारी दिएको छ । साथै, घटनास्थल इलाका प्रहरी कार्यालय मुर्तियाबाट करिब ४ किलोमिटर दक्षिणमा पर्छ ।

अन्य क्षतिको विवरण संकलनको कार्य जारी रहेको प्रहरी स्रोतले जनाएको छ ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय