मोटरसाइकलको ट्यांकीमा गाँजा बोकेर सीमा पार गर्दा नेपाली युवक भारतीय सुरक्षाकर्मीको फन्दामा

रौतहटका एक युवक मोटरसाइकलको ट्यांकीमा गाँजा लुकाएर भारत तर्फ तस्करी गरिरहेकै अवस्थामा पक्राउ परेका छन्। बौधिमाई नगरपालिका–३ मटिअर्वा गाउँका मुकेश साह भारतको बिहार, पूर्वी चम्पारण झरौखर थाना क्षेत्र नजिकै सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय प्रहरीको संयुक्त टोलीद्वारा पक्राउ परेका हुन्।

साहले प्रदेश २–०३–००७ प १७६७ नम्बरको कालो पल्सर १५० सीसी मोटरसाइकलमार्फत भारतीय क्षेत्र प्रवेश गर्ने क्रममा, पिलर संख्या ३५६–४ नजिकै मंगलबार साँझ जाँचमा परेका थिए। चेकजाँचको क्रममा मोटरसाइकलको पेट्रोल ट्यांकी भित्रबाट ४ किलो ३०० ग्राम गाँजा बरामद गरिएको एसएसबी जमुनिया क्याम्पका सहायक कमान्डेन्ट भाग सिंह गुर्जरले जानकारी दिएका छन्।

एसएसबी अनुसार, सोधपुछका क्रममा साहले यसअघि पनि नेपालबाट भारत तर्फ यसै शैलीमा गाँजा तस्करी गरेको स्वीकार गरेका छन्। बरामद लागुऔषध र मोटरसाइकलसहित उनलाई थप कारबाहीका लागि झरौखर थानाको जिम्मा लगाइएको छ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय