जनकपुरमा प्रधानमन्त्री ओलीको मधेस सम्बोधन, सुरक्षा व्यवस्था कडा

जनकपुर : प्रधानमन्त्री केपी शर्मा ओली आज मधेस प्रदेश सभालाई विशेष सम्बोधन गर्न जनकपुर आइपुगेका छन्। कार्यक्रम बिहान ११:३० बजे तय भए पनि प्रधानमन्त्री ओली एक घण्टा ढिलो जनकपुर विमानस्थलमा हेलिकप्टरमार्फत अवतरण गरेका हुन्।

खेलकुद मन्त्री प्रमोद जैसवालका अनुसार प्रधानमन्त्री ओली विमानस्थलमा अवतरण गरेपछि सीधै प्रदेश सभा भवनतर्फ प्रस्थान गर्ने कार्यक्रम छ। प्रधानमन्त्रीको ढिलाइका कारण प्रदेश सभा बैठक सवा १२ बजेपछि सारिएको सचिवालयले जानकारी दिएको छ।

सातवटै प्रदेशमा आयोजना हुने सम्बोधन कार्यक्रमअन्तर्गत ओली आज जनकपुरमा मधेस प्रदेशसभा मार्फत सम्बोधन गर्दै छन्।

प्रधानमन्त्रीको विशेष सम्बोधनलाई ध्यानमा राख्दै जनकपुरमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ। प्रदेशसभा हलमा प्रवेश गर्ने सबै व्यक्तिको कडाइका साथ जाँच गरिएको छ भने सांसदबाहेक अन्य कसैलाई प्रवेश अनुमति दिइएको छैन। वीभीआईपी सुरक्षाका लागि व्यापक संख्यामा प्रहरी परिचालन गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय