रास्वपा सभापति रवि लामिछाने थुनामा, रुपन्देही कारागार पठाइए

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी अभियोगमा पक्राउ परेर रुपन्देही कारागार चलान गरिएको छ। उनलाई आज जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराएर कारागार पठाइएको हो।

उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेश अनुसार उनलाई पक्राउ गरेर जिल्ला अदालतमा उपस्थित गराइ कारागार चलान गरिएको हो। यसअघि, जिल्ला अदालतले लामिछानेलाई एक करोड धरौटीमा छाड्ने आदेश दिएको थियो, तर सरकारी वकिल कार्यालय र लामिछाने दुवै पक्ष उच्च अदालत पुगेका थिए। उच्च अदालतले शुक्रबार लामिछानेलाई थुनामा पठाउने आदेश दिएको थियो।

पक्राउको चौथो दिन, लामिछानेलाई तीन रातसम्म प्रहरी हिरासतमा राखिएको थियो र शनिबार बिहान हवाईमार्गबाट रुपन्देही ल्याएर जिल्ला प्रहरी कार्यालयमा राखिएको थियो। आज अदालतमा उपस्थित गराएर उनलाई कारागार चलान गरिएको हो।

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय