सर्लाही — मर्यादा पुरुषोत्तम भगवान् श्रीरामको जन्मोत्सव रामनवमीको अवसरमा आज सर्लाहीको सदरमुकाम मलंगवामा ऐतिहासिक शोभायात्रा आयोजना गरिएको छ। नगरपालिका चौकस्थित प्राचीन राम मन्दिरबाट सुरु भएको शोभायात्राले नगरको विभिन्न भागको परिक्रमा गर्दै भक्तिमय वातावरण सिर्जना गर्यो।
समाजसेवी संजय यादवको अध्यक्षतामा सुरु गरिएको डोलामा पूर्व मन्त्री राजेन्द्र महतो, प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ, प्रहरी उपरीक्षक रविन्द्र सिंह, विभिन्न वडाका अध्यक्षहरू, जसपाका जिल्ला सचिव तथा मन्दिरका पुजारीलगायतको उल्लेखनीय सहभागिता थियो।
भजन–कीर्तन, धार्मिक झाँकी र श्रद्धालुहरूको उत्साहपूर्ण सहभागिताले शोभायात्रालाई अझै आकर्षक र भक्तिपूर्ण बनाएको थियो।






