धनुषामा घाँस काट्न गएका पुरुषमाथि भालुको आक्रमण, गम्भीर घाइते अवस्था काठमाडौं रेफर

धनुषा : धनुषा जिल्लाको मिथिला नगरपालिका–११ बिमिरेमा शनिबार बिहान घाँस काट्न गएका एक व्यक्तिमाथि जंगली भालुले आक्रमण गर्दा गम्भीर घाइते भएका छन्।

महोत्तरीको बर्दिबास नगरपालिका–३, पाटु निवासी ५५ वर्षीय जिस्नु दुलाललाई भालुले आक्रमण गरेको हो। अनुहारमा गहिरो चोट लागेका दुलाललाई स्थानीयवासीहरूले तत्काल उद्धार गरी जनसेवा अस्पताल, बर्दिबास पुर्‍याएका थिए। प्रारम्भिक उपचारपछि गम्भीर अवस्था भएकाले उनलाई थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर रेफर गरिएको जनाइएको छ।

घटना भएपछि वन क्षेत्रमा जाने सर्वसाधारणलाई विशेष सावधानी अपनाउन स्थानीय प्रशासन र वन कार्यालयले अनुरोध गरेका छन्।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय