सर्लाही : सर्लाहीको कबिलासी नगरपालिका-७, गैर हनुमान चौक टोलबाट चैत १९ गते साँझदेखि एकै परिवारका चार जना बेपत्ता भएका छन्। बेपत्ता हुने व्यक्तिहरूमा ३० वर्षीया अनिता देवी बरही, उनका ७ वर्षीय छोरा किस्मत बरही, ५ वर्षीया छोरी जुली बरही र २० वर्षीय आफन्त निरिन्जन बरही रहेका छन् ।
तीन दिनदेखि सम्पर्क विहीन भएका यी चार जना परिवारका सदस्यहरूको बारेमा कुनै पनि जानकारी प्राप्त भएको छैन। परिवार अत्यन्त चिन्तित रहेका छन् र उनीहरूको खोजीका लागि सहयोगको अपिल गरिएको छ ।
बेपत्ता व्यक्तिहरूको खोजीमा ५,००० रुपैयाँको पुरस्कारको घोषणा गरिएको छ । यदि यी व्यक्तिहरूलाई कहीँ कतै देखिएमा अथवा फेला परेमा नजिकको प्रहरी कार्यालय अथवा जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गरिदिनुहुन अनुरोध गरिएको छ ।



