रास्वपाका पूर्वजिल्ला सभापति नै भाटभटेनी लुटपाटमा संलग्न रहेको खुलासा

काठमाडौं । तीनकुने घटनामा संलग्न रहेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक पूर्वजिल्ला सभापति पक्राउ परेका छन् । गत चैत १५ गते तीनकुने र कोटेश्वरमा दुर्गा प्रसाई नेतृत्वमा भएको राजावादीहरुको हिंसात्मक प्रदर्शनमा भाटभटेनी सुपरस्टोर्समा लुटपाट गरेको आरोपमा रास्वपा खोटाङका पूर्व सभापति राजकुमार राई पक्राउ परेका हुन् ।

सो हिंसात्मक प्रदर्शनमा लुटपाट, आगजनी र तोडफोड गरेको भन्दै अहिलेसम्म ६६ जना पक्राउ परिरसकेका छन् । जसमध्ये एकजना रास्वपाका नेता रहेको खुलेको हो । ६३ वर्षीय राईविरुद्ध अपराधिक गतिविधि, ज्यान मुद्दा र संगठित अपराधको कसुरमा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ।

पक्राउ परेका राई अमेरिकाबाट पीएचडी गरे हुन् भने सीसीआरसी कलेज बालकुमारीका डाइरेक्टरसमेत रहेका छन् । तर उनले गत चैत १५ गते कोटेश्वरको भाटभटेनीबाट महंगा ब्रान्डका ब्ल्याकलेबल, ब्यू लेबल जस्ता ह्वीस्की चोर्दै गरेको सीसीटीभी फुटेजका आधारमा उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले जारी गरेको विज्ञप्तिमा समेत राईको ठेगाना खोटाङको राउवाबेसी गाउँपालिका वडा नम्बर १ रहेको छ । उनीसहित पक्राउ परेका ६६ जनामाथि म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय