सरकारी दमनको विरोधमा सांसद शाही आक्रोशित, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सरकारको तीव्र आलोचना गर्दै प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेका छन्।

बुधबार बिहान सामाजिक सञ्जालमार्फत उनले चैत १५ गते तीनकुनेमा निर्दोष नागरिकमाथि गोली चलाउने घटनामा संलग्न दोषीहरुलाई तत्काल कारबाही गर्नुपर्ने माग गरेका छन्।

सांसद शाहीले सरकारले सत्ता र शक्तिको आडमा सर्वसाधारण नागरिकमाथि दमन गरेको आरोप लगाउँदै भने, ‘निष्पक्ष नागरिकलाई गोली प्रहार गर्ने सरकारको मानसिकता निन्दनीय छ।’

गत चैत १५ गते राजावादी आन्दोलनका क्रममा दुई जनाको ज्यान गएको थियो भने केही घाइते भएका थिए।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय