प्रेमले जित्यो, तर डायपरले हरायो! श्रीमती प्रेमीलाई दिए, चार दिनमै फर्काए

भारतको उत्तर प्रदेशस्थित सन्त कबीर नगर जिल्लामा एउटा अनौठो घटना सार्वजनिक भएको छ। बबलु नामका व्यक्तिले आफ्नी श्रीमती राधिकाको विवाह प्रेमी विकाससँग गराइदिए पनि चार दिनमै उनलाई फिर्ता ल्याए।

सन् २०१७ मा बबलु र राधिकाको विवाह भएको थियो। दाम्पत्य जीवन सामान्य नै चलिरहेको बेला दुई सन्तान जन्मिए। तर, कामको सिलसिलामा बबलु घरबाहिर रहने भएकाले राधिकाको गाउँकै युवक विकाससँग प्रेम सम्बन्ध सुरु भयो। जब बबलुलाई यो थाहा भयो, उनले सम्झाउन खोजे तर राधिकाले विकाससँग बस्ने अडान लिएपछि गाउँलेको रोहबरमा उनीहरूलाई विवाह गराइदिए।

बच्चाको जिम्मेवारी आफैं लिने घोषणा गरेका बबलुले चार दिनपछि मन बदल्दै विकासको घर पुगेर श्रीमती फिर्ता ल्याउने अनुरोध गरे। विकास र उनको परिवारले बच्चाको भविष्य हेरेर सहमत जनाएपछि राधिका पुनः बबलुका घर फर्किइन्।

अहिले राधिका आफ्ना बच्चासँग बबलुका घरमा बसेकी छिन् भने विकास गाउँ छोडेर रोजगारीका लागि बाहिर गएका छन्।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय