काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ र नवनियुक्त हितेन्द्रदेव शाक्यले दायर गरेको रिट निवेदनमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।
न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले हिजो समय अभावका कारण सुनुवाइ नसकिएपछि मुद्दालाई हेर्दाहेर्दैमा राखेको थियो।
यसअघि आइतबार पनि रिटको पेशी तोकिए पनि सुनुवाइ हुन सकेको थिएन। आजको सुनुवाइले यस विषयमा महत्वपूर्ण निर्णय आउने अपेक्षा गरिएको छ।



