हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकामा प्रहरीबाट लागूऔषध तस्करीको टोलीले लुटेको पेस्तोल जंगलमा फेला परेको छ । प्रहरीले कैलाश गाउँपालिका–६ को दुम्सीखर्कको जंगलमा सोमबार दिउँसो लागूऔषध तस्करीको टोली र प्रहरीबीच घम्साघम्सी हुँदा उक्त पेस्तोल लुटिएको प्रहरीले जनाएको छ ।
सोमबार लुटिएको ७ राउण्ड गोली लोड भएको टाइप–५४ पेस्तोल आज बिहान १० बजे वडानम्बर १ को बोल्नेलेकको जंगलमा भेटिएको जिल्ला प्रहरी कार्यालयल मकवानपुरले जनाएको छ । का प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । दुम्सीखर्कबाट बोल्नेलेक जंगलको बाटो धादिङको गजुरी जाने प्रयोग हुने मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताए ।
कैलाश गाउँपालिकाबाट लागूऔषध अफिम तस्करी भइरहेको सूचनापछि इलाका प्रहरी कार्यालय पालुङबाट खटिएका हवल्दार अर्जुन तामाङका र सहायक हवल्दार गोविन्द्र मंग्राती दुम्सीखर्कको जंगलमा गएका थिए । जंगलमा तस्करीको टोलीसँग जम्का भेट हुँदा मुक्कामुक्कीको अवस्था भएको र उनीहरुले हवल्दार तामाङको साथबाट पेस्तोल लुटेका थिए ।
मोटरसाइकलमा २ केजी अफिम बोकेर आएका २ जना तस्कार र उनका थप अन्य सहयोगिटोली र प्रहरीबीच मुक्कामुक्की हुँदा तस्करहरुले पेस्तोल लुटेर भागेको मकवानपुर प्रहरीको दावी छ । प्रहरीसँग तस्करहरुको मुक्कामुक्की भएपनि तस्कर टोलीको पहिचान हुन नसकेको मकवानपुर प्रहरीले जनाएको छ ।



