सासापुरका पूर्व गाविस अध्यक्ष बम बहादुर मोक्तानको असामयिक निधन

हरिवन : सासापुरका पूर्व गाविस अध्यक्ष र जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य बम बहादुर मोक्तानको असामयिक निधन भएको छ । उहाँ २०४९ र २०५४ सालको स्थानीय तह निर्वाचनमा सासापुर गाविसका अध्यक्षका रूपमा निर्वाचित भएका थिए ।

सामाजिक कार्यमा समर्पित, इमानदार र नेतृत्व क्षमता भएका मोक्तानले लामो समयदेखि समाजसेवा र विकासका क्षेत्रमा योगदान पुर्याएका थिए । उहाँ मधेश प्रदेशकी पूर्व सांसद सन्चमाया मोक्तानका श्रीमान र युवा नेता संजिव मोक्तानका पिता हुनुहुन्थ्यो ।

उहाँको निधनले परिवार, शुभचिन्तक र स्थानीय समुदायलाई ठूलो क्षति पुगेको छ। पारिवारिक स्रोतले दिएको जानकारी अनुसार, उहाँको अन्त्येष्टि पारिवारिक निर्णयअनुसार गरिनेछ ।

बिभिन्न राजनीतिक दलका नेताहरू, समाजसेवीहरू र स्थानीय जनप्रतिनिधिहरूले मोक्तानको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय