काठमाडौं— राजावादीको आन्दोलन चर्किएपछि तीनकुने क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले कर्फ्यु जारी गरेको छ। शुक्रबार साँझ ४:२५ बजेदेखि लागू हुनेगरी गौशाला, एयरपोर्ट, गैरीधारा, कोटेश्वर, जडीबुटी, बालकुमारी, बानेश्वर लगायतका क्षेत्रमा निषेधाज्ञा लगाइएको छ।
आन्दोलन हिंसात्मक बन्दै जाँदा निजी तथा सरकारी सम्पत्तिमा आगजनी बढेपछि प्रशासनले सुरक्षा व्यवस्था कडा पार्दै कर्फ्यु लगाउन बाध्य भएको हो। ललितपुरतर्फ बालकुमारी पुल, भक्तपुरतर्फ जडीबुटी पुल, सिनामंगल चोक र तिनकुले पुल पनि निषेधाज्ञा क्षेत्रमा परेका छन्।




