काठमाडौंमा अनलाइन जुवाको ठूलो गिरोह पक्राउ, ११ भारतीय नियन्त्रणमा

काठमाडौंको बुढानीलकण्ठ–३ देउलाटोलस्थित घर भाडामा लिएर अनलाइन जुवा सञ्चालन गरिरहेका ११ भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंले विशेष सूचनाका आधारमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेकामध्ये राजस्थानका सनी मिणासहितका व्यक्तिहरू रहेका छन्। प्रारम्भिक अनुसन्धानमा उनीहरूले झन्डै दुई अर्ब ९६ लाख बराबरको अनलाइन जुवाको कारोबार गरिरहेको खुल्न आएको छ।

यसअघि पनि प्रहरीले बुढानीलकण्ठकै अर्काे घरमा छापा मारेर यस्तै अपराधमा संलग्न भारतीयहरूलाई पक्राउ गरेको थियो। प्रहरीले जानकारी दिएअनुसार नेपालमा भारतीयहरू घर भाडामा लिएर अनलाइन जुवा, क्रिप्टो करेन्सी कारोबार तथा अन्य अनलाइन अपराध गर्दै आएका छन्।

दुई महिनाअघि ललितपुरको सानेपास्थित दुई घरमा पनि प्रहरीले छापा हानेर यस्तै अपराधमा संलग्न भारतीयहरूलाई पक्राउ गरेको थियो। अनुसन्धान अनुसार, उनीहरूले नेपालमा बसेर अनलाइनमार्फत भारतीयहरूलाई नै ठगी गर्दै आएका थिए।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय