सर्लाहीको मलंगवामा गेस्ट हाउसको कोठामा महिलाको शंकास्पद मृत्यु

सर्लाही : मलंगवा स्थित बालमन्दिर चोकमा रहेको ताज गेस्ट हाउसको कोठा नम्बर ९ मा एक महिलाको झुन्डिएको अवस्थामा शव फेला परेको छ।

प्रारम्भिक अनुमान अनुसार, उक्त महिलाले पासो लगाएर आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ भने विस्तृत विवरण आउन बाँकी छ। स्थानीय प्रशासन र प्रहरी घटनास्थलमा पुगेर आवश्यक प्रक्रिया अघि बढाइरहेको छ।

 

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय