जनकपुरधाम, चैत ४ – धनुषाको सबैला नगरपालिका-भठिहनमा चोकको नामकरणलाई लिएर दुई समूहबीच विवाद चर्किएपछि झडप भएको छ। स्थिति नियन्त्रण गर्न प्रहरीले गोली चलाएको छ, जसमा एक जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक वरुणबहादुर सिंहका अनुसार घाइते व्यक्तिको पहिचान खुल्न बाँकी रहेको छ, र उनलाई उपचारका लागि जनकपुर प्रादेशिक अस्पताल पुर्याइएको छ।
झडप “यादव चोक” लेखिएको बोर्ड राख्ने एक पक्ष र त्यसलाई हटाउन खोज्ने अर्को पक्षबीच विवाद भएपछि सुरु भएको हो। परिस्थिति नियन्त्रण गर्न प्रहरीले हस्तक्षेप गर्नुपरेको थियो।



