ड्युटीमा रहेका प्रहरीले मोबाइल चलाउन नपाउने

सप्तरी । जिल्ला प्रहरी कार्यालय सप्तरीले ड्युटीमा खटिएका प्रहरी कर्मचारीलाई मोबाइल प्रयोगमा रोक लगाएको छ ।

ड्युटीमा रहेका प्रहरीहरु मोबाइलमा लामो समय गफिदै बस्ने, फेसबुक, टिकटक लगायत सामाजिक सञ्जालमा व्यस्त रहने गुनासोपछि सप्तरी प्रहरीले मोबाइल प्रयोगमा रोक लगाएको हो ।

अब ड्युटीमा खटिएका बखत कमान्डरबाहेक अन्य प्रहरीले मोबाइल चलाउन पाउने छैनन् । कमान्डरले पनि अत्यावश्यक परेको खण्डमा मात्र ड्युटीकै कामका लागि मोबाइल प्रयोग गर्न पाउनेछन् ।

ड्युटीमा खटिएका बेला प्रहरीले मोबाइल चलाउदा सुरक्षा निगरानी प्रभावकारी हुन नसकेको, मोबाइलतर्फ ध्यान हुँदा प्रहरी आफै पनि असुरक्षित हुन सक्ने भएकाले मोबाइल प्रयोगमा रोक लगाएको सप्तरी प्रहरीले जनाएको छ ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय